यूएस-बंगाल जहाज दुर्घटनाको दाेषी काे ? जाँचबुझ आयोगले बुझायाे प्रतिवेदन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।

दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । ।

आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् ।

जाँझबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेकने छैन ।

आयोगका एक सदस्यका अनुसार छलफलमा धेरै विषयहरु आएको र विस्तृत अध्ययन गरिनेछ ।

ती सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको छ ।

जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए ।
 

प्रतिकृया दिनुहोस

भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु

भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।              खोलाको

विद्यालय तहमा पहिलोपटक कानूनको पढाइ शुरु

भक्तपुर, रासस । भक्तपुरमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ ।  निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले

बागमती पुलमुनि एक युवती मृत फेला

काठमाडौं‌, असार १३ । टेकुको बागमती पुलमुनि अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । निधार र टाउकोमा चोट देखिएकाले हत्या गरेर फालिएको हुनसक्ने