तामाकोशी आयोजना समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

लामाबगर(दोलखा) — प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधै जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । 

बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न आइपुगेका ओलीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन् । ढिलासुस्ती गरे तत्कालन कारबाही गर्छु ।’ तोकिएकै समयमा आयोजना निर्माणका लागि कुनै विलम्ब हुन नदिने उनले बताएका छन् ।

 

कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने ओली सरकारको निति रहेको बताउँदै उनले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए । आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए ।

 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए ।

 

उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

 

२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भुकम्प, भारतीय नाकाबन्दी,विष्फोटक पदार्थको अपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

 

आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९को मे भित्र सम्पन्न गर्नुपर्ने छ ।

 

आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री,उर्जामन्त्री सहित चिनियाँ राजदूतको टोली दोलखा आएको छ । लामाबगरमा निर्माण गरिएको बाँध निरीक्षण गरेर प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन् ।

 

प्रकाशित : चैत्र २८, २०७४ १२:५५

 

प्रतिकृया दिनुहोस

एनसेल बिक्रीमा सिनर्जीको कर छली मुद्दा : १५ महिनापछि फाइल मगाइयो

काठमाडौँ — एनसेलको १० औं पल्टको बिक्री कर छली मुद्दामा १५ महिनापछि सर्वोच्च अदालतले विस्तृत अध्ययन गर्न फाइल मगाउने आदेश दिएको छ । सर्वोच्चले कर

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

रसुवा– अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी

सुनको मूल्य ६० हजार नाघ्यो

काठमाडौं - एक साताभन्दा लामो स्थिरतापछि सुनको भाउ ६० हजार रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६