विश्वकै वृद्ध व्यक्ति जापानमा, के हो उनको दीर्घायु रहस्य ?

एजेन्सी– जापानको होक्काइदोमा विश्वकै वृद्ध व्यक्ति फेला परेका छन् । होक्काइदोको आशोरोका मासाजो नोनाकालाई गिनिज वल्र्ड रेकर्डले विश्वकै जिवीत वृद्ध पुरुषको उपाधि दिएको हो । यसअघि यो उपाधि स्पेनका फ्रान्सिस्को नुनेज ओललिभेराको नाममा थियो । १ सय १३ वर्षको उमेरमा उनको गत जनवरीमा निधन भएको थियो । 

१० अप्रिलका दिन मासाजो नोनाकाको उमेर १ सय १२ वर्ष २ सय ५९ पुगेको थियो । उनलाई जापानका गिनिज बुककी प्रतिनिधि इरिका ओगावाले उपाधिको प्रमाणपत्र दिएकी हुन् । 
नोनाका सन् १९०५ को जुलाई २५ मा जन्मिएका हुन् । उनका ६ दाजुभाई र एक बहिनी थिए भने सन् १९३१ मा बिहे गरेका उनका ५ सन्तान भए । अवकाश जीवन उनी टेलिभिजनमा सुमो रेस्लिङ हेरेर बिताउँछन् । उनी विशेषगरी मिठाई र केक मन पराउँछन् । उनी मिठाई नै आफ्नो दीर्घ जीवनको रहस्य बताउँछन् । उनकी छोरी भने कुनै पनि अवस्थामा तनाव नलिने बानी नै दीर्घ जीवनको रहस्य भएको बताउँछिन् । विश्वकै वृद्ध व्यक्तिको प्रमाणपत्र दिँदासमेत उनलाई मनपर्ने केक खुवाइएको थियो ।

विश्वकै सबैभन्दा लामो समयसम्म बाँच्ने व्यक्तिको रेकर्डचाहिँ फ्रान्सका जाँ लुई काल्मेन्टको नाममा छ । उनी १ सय २२ वर्ष १ सय ६४ दिन बाँचेका थिए । सन् १८७५ मा जन्मेका उनको १९९७ मा निधन भएको थियो । विश्वकै वृद्ध महिला को हुन् भन्नेबारेमा भने गिनिज बुकले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

डोल्पा-  डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।  पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक

कसरी छाड्ने धूमपान? धूमपान तथा सूर्ती सेवन छाड्ने दिनमा गर्नुपर्ने १० कुरा

काठमाडौं- धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात,

फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

 काठमाडौं- नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि