श्रृङ्खला खतिवडाले चुमिन ‘मिस नेपाल २०१८’को उपाधि

काठमाडौं । श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’को उपाधि जित्न सफल भएकी छिन् । २४ प्रतिपस्र्धीलाई पछि पार्दै खतिवडाले ‘मिस नेपाल वल्र्ड’को उपाधि जित्न सफल भएकी हुन । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर उनले उपाधि जितिन् ।

उापधि जितेसँगै उनलाइृ ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिइन । । यस्तैगरि, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने नगद प्राप्त गरिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

ताज विजेताको नामावली :  

१)  टिफूल हेयरः श्रृङ्खला खतिवडा

२) मिस फ्रेन्डसिपः साहारा लामा

३) मिस फोटोजेनिकः महिमा सिंह

४) मिस पक्चुअलः लक्ष्मी पौडेल

५) मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना

६) मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ

७) मिस कन्फिडेन्टः आस्था साख

८) मिस फ्याशिनोः श्रृङ्खला खतिवडा

९) मिस ग्ल्यामरः मनिता देवकोटा

१०) मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी

११) मिस ट्यालेन्टः रोनाली अमात्य

१२) ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

प्रतिकृया दिनुहोस

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग