बाबुराम भट्टराईले फिर्ता गरे सबै सुरक्षाकर्मी

काठमाडौं, २९ चैत– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी सरकारलाई फिर्ता गरेका छन् । करिब १२ वर्षदेखि सुरक्षा घेरमा रहँदै आएका डा. भट्टराईले बिहीवार सबै सुरक्षाकर्मी फिर्ता गरेका हुन् । अब उनी सुरक्षाकर्मी बिनै हिँड्ने छन् । 

भट्टराईले बिहीवार औपचारिक रुपमा आफ्नो सुरक्षामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकुडीलाई बिदाइ गरेका हुन् । नयाँ शक्ति ठगन गर्नु अगाडि भट्टराईलाई सरकारले माओवादीको उच्च नेतृत्वको हैसियतमा सुरक्षा प्रदान गरिरहेको थियो ।  

शान्ति प्रक्रियामा आएदेखि नै सुरक्षाकर्मीको घेरमा रहेका भट्टराईको सुरक्षाका लागि पछिल्लो समय सरकारले २९ जना सुरक्षाकर्मी खटाएको थियो । 

पूर्वप्रधानमन्त्रीको हैसियतामा भट्टराईको सुरक्षाका लागि  नेपाल प्रहरीबाट निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीका निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए ।

प्रतिकृया दिनुहोस

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई विकसित बनाउन चाहेको बताएका छन्

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त