खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिन्छ: गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।आज राजधानीमा ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै बादलले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका हुन्।

भने, 'जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ। त्यसैले तपाईंहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नुहोस्।तपाईंहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिने गरी काम गर्ने ? यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ।'

राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी उनले दिनुभयो। कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालीमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थ रुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे।रासस 

प्रतिकृया दिनुहोस

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र