खारेजीमा कार्यालय: प्रमुख र कर्मचारीको विचल्ली

चैत २८ गतेदेखि जिल्लाका विभिन्न कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा परेका छन्।हाजिर कहाँ गर्ने, काम कहाँ गर्ने भन्नेबारेमा कार्यालयका प्रमुख नै अन्योलमा परेका हुन्।संविधानले गरेको व्यवस्थाअनुसार चैत २८ गते जिल्लास्थित कार्यालय खारेज भएका हुन्। यद्यपि जिल्ला समन्वय समिति नै अन्योलमा परेपछि कर्मचारीमा थप अन्योल छाएको हो। महिला तथा बालबालिका कार्यालयका प्रमुख नीला घिमिरेले आजदेखि जिल्ला कार्यालयको बोर्ड हटाउने भनिए पनि कार्यालय प्रमुख र समायोजन हुन बाँकी रहेका कर्मचारीले कहाँ हाजिर गर्ने र के काम गर्ने भन्नेबारेमा भने अन्योल भएको बताइन्। 

जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्ण ढुंगानाले तीन नगरपालिकालाई कार्यालय हस्तान्तरण गरिए पनि कार्यालय प्रमुखको अन्योल भने कायमै रहेको बताए। उनले भने,'विभागले महाप्रबन्धकसँग कुराकानी भइरहेको छ, निर्देशित परिपत्र नआएसम्म कार्यालय प्रमुखकै हैसियतमा हाजिर गरिन्छ, यद्यपि अब के गर्ने भन्ने अन्योल भने कायमै रहेको छ।' जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालय जस्तै कृषि कार्यालयलाई पनि आगामी असार मसान्तसम्म कायम राख्ने कि भन्नेबारेमा छलफल भइरहेकाले आफ्नै कार्यालयमै हाजिर गर्ने बताए। जिल्ला समन्वय समितिले कुनै निर्देशन नदिएको र अन्य कहाँ हाजिर गर्ने भन्नेबारेमा कुनै निर्देशन नआएको उनको भनाइ छ।कार्यालय प्रमुखको हैसियत के रहने भन्नेबारेमा अन्योल भएकाले काम गर्न निकै समस्या परेको अधिकांश कार्यालय प्रमुखको गुनासो छ।रासस 

प्रतिकृया दिनुहोस

तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित

संघीय संसदबाट तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव,

विप्लवका कार्यकर्ताले दले साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो

डीबी विष्ट बझाङ, असार १३ । बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई कालोमोसो दलिएको छ । गाउँसभा गर्नका लागि गाउँपालिका तर्फ

गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

११ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो ।विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई