आमाको मुख हेर्ने दिन

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष वैशाख कृष्ण आमावश्यालाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिन आदि जे नामले मनाइए पनि यस पर्वको मूलभाव नै आफ्नी ममतामयी माताप्रति आस्था, श्रद्धा वा सम्मान प्रकट गर्नु हो ।
यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढाटाढाबाट सन्तान आमाकहाँ आउँछन् । मिठाइ, कपडा र फलफूल दिएर आमाप्रति विशेष सम्मान प्रकट गर्छन् । आफूलाई नौ महिनासम्म गर्भमा धारण गरेर जन्म दिने आमा साँच्चै महान् छिन् । जन्मपछि पालनपोषण गर्ने, हुर्काउने आमा पूजनीय, आदरणीय, सम्माननीय, अनुकरणीय र अतुलनीय छिन् । विश्वको जहाँ पनि आमाको मान सम्मान गर्ने परम्परा रहिआएको पाइन्छ । आमालाई मातृ, मदर, मा, जननी, माता आदि नामले विश्वभरि विशेष सम्मान वा आदर गरिन्छ । आमाको त्याग, तपस्या र बलिदानबाटै सृष्टिले निरन्तरता पाएको छ ।

आमा सृष्टिकी मुहान र पहिलो गुरु पनि हुन् । माताको महिमा ज्यादै व्यापक र सागरझैं गहिरो पनि छ । ऋग्वेदले उदरमा शरीरको धारण गर्ने माताको महŒव सर्वाधिक रहेको प्रस्ट पारेको छ । शास्त्रमा नै ‘माता सम नास्ति शरीर पोषणम्’ भनेर प्राणीका लागि माताले जस्तो हेरचाह र पोषण प्रदान गर्ने अरू कोही छैन भनिएको छ । हिन्दूग्रन्थ रामायणमा पनि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनी आमा र मातृभूमिको महिमा प्रस्तुत भएको छ । जसले जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो मानेको छ । त्यसैले लोकजीवनमा ‘अरूको लाख, आमाको काख’ भन्ने कथन पनि चलेको पाइन्छ । हाम्रो शास्त्र र संस्कारले मातृदेवो भवः भनेर मातालाई पितृ, गुरु र अतिथि समानको सम्मान दिएको छ तर त्यो मात्रले मातालाई वास्तविक सम्मान पुग्दैन । त्यसैले भनिएको छ, आमा देवताका रूप नै हुन् र हाम्रो संस्कारले त्यसै भएर आमालाई सर्वप्रथम पुज्न सिकाएको हो । जीवनका कुनै पनि मोडमा आमाको सम्झना गरिनु स्वाभाविकै हो । त्यसैले शास्त्रमा ‘आपदिमा तैव शरणम्’ भनेर उल्लेख गरिएको छ । कुनै आपतविपत् पर्दा हामी सर्वप्रथम आमा नै सम्झन पुग्छौं । हाम्रा धार्मिक ग्रन्थहरूमा आमाको महिमा व्यापक रूपमा उल्लेख भएको पाइन्छ । यसैगरी, दुर्गाशप्त शतीमा’ या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता’ भन्दै मातालाई देवीका रूपमा चित्रण गरिएको छ ।

 

आमा सृष्टिकी मुहान र पहिलो गुरु पनि हुन्। माताको महिमा ज्यादै व्यापक र सागरझैं गहिरो पनि छ। ऋग्वेदले उदरमा शरीरको धारण गर्ने माताको महŒव सर्वाधिक रहेको प्रस्ट पारेको छ

 

 

तर, हिजोआज आफ्ना जन्मदिने आमाबाबुलाई हेला र तिरस्कार गरिएको पनि देखिन्छ । वृद्धवृद्धा भएपछि उनीहरूलाई हेला र तिरस्कार गर्दा जीवनभरिको सहारा मानिएका छोराछोरीको औचित्य के नै रह्यो र ? अचेल सडक र वृद्धाश्रममा सन्तानको मायाबाट वञ्चित भएर दिन गुजार्न बाध्य भएका छन् कैयन् आमाबाबुहरू । त्यसैले हामी जो कोहीले पनि आफ्ना आमाबाबुलाई सदैव सम्मान र श्रद्धा गर्नुपर्छ । आमाको मन दुख्ने, अपमान हुने बोली र व्यवहार गर्नु असल सन्ततिका लागि राम्रो होइन । त्यसैले शास्त्रमा भनिएकै छ, ‘कुपुत्रो जायते क्वचिदपिकुमाता न भवति ।’ हामी विश्वका जुनसुकै कुनामा भए पनि आफ्ना माता पिताप्रति विशेष श्रद्धाभाव प्रकट गर्न सक्छौं । उनीहरूप्रति मानसम्मान गर्न सक्छौं । मानव समाजबाहेक प्राणी जगत्मा पनि आमाको विशेष महŒव रहेको हामी देख्न सक्छौं । चुच्चोमा आहारा ल्याएर वा सिकार गरेर आहार ल्याई आफ्ना बालबचेरालाई खुवाउने जीवजन्तु हामीले देखेकै छौं । आहारा र सुरक्षाका लागि उनीहरूले आफ्ना शत्रुसँग लिएको टक्करमा पनि आफ्ना सन्तानप्रति आमाको माया ममता झल्कन्छ ।

त्यसैले बाँचुन्जेल मात्र नभएर मृत्युपश्चात् पनि आमाप्रति श्रद्धाभाव सम्मान गर्ने प्रचलन नेपाली संस्कृतिमा परम्परादेखि नै चलिआएको छ । यो उत्कृष्ट चलन हो । आफ्ना पूर्वजलाई सदैव सम्झना गर्नु हरेक दृष्टिले ज्यादै उत्तम कार्य हो । जीवित छँदा आमाप्रति गरिने माया, सम्मान र श्रद्धा छँदै छ भने आमा दिवंगत भइसकेपछि उनीप्रति गर्ने सम्मान पनि एक तवरले नेपाली समाजमा परापूर्वकालदेखि नै व्यवहृत हुँदै आएको छ । यो नेपाली समाजको विशिष्ट परम्परा हो भन्दा अत्युक्ति नहोला ।
यस दिन आमा नहुनेहरू काठमाडौंको पश्चिम दिशामा पर्ने मातातीर्थ पुगेर स्नान, तर्पण र पूजा गरेर आमाप्रति विशेष श्रद्धा प्रकट गर्छन् । यस दिन मातातीर्थमा विशेष मेला लाग्छ । आज हरेक व्यक्ति आमाको त्याग, तपस्या र समर्पणका कारण जीवनको गन्तव्यमा पुग्न सफल भएका छन् । त्यसैले हामीले जीवनभरि जति सेवा गरे पनि आमाको ऋण तिर्न सक्दैनौं ।
मातृऋण तिर्न कठिन छ । हरेक छोराछोरीले आमाको उपकाररूपी ऋण तिर्न नसकिने भएकै कारण आमाप्रति श्रद्धा प्रकट गर्ने गरिएको पाइन्छ । वर्षमा एकदिन औपचारिक रूपमा आमाको सम्मान गरेर मात्र त्यो व्यावहारिक हुँदैन । कुनै पनि सन्तानले आफ्ना आमाबाबुको उचित हेरचाह गर्नुपर्छ, पालनपोषणमा कुनै कमी गर्नुहुँदैन । तब मात्र मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिन भनी यस प्रकारको पर्व मनाउनुको सान्दर्भिकता झल्कन्छ ।

प्रतिकृया दिनुहोस

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

काठमाडौ– तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ।  संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय,

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट