गैंडा समातेको हेर्न आउँदै चिनियाँ

काठमाडौँ — उपहारस्वरूप नेपालले दिने एकसिंगे गैंडा समातेको हेर्न चीनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ याङको नेतृत्वमा एक टोली ४ वैशाखमा नेपाल आउँदैछ । नेपालले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने प्रक्रिया गत कात्तिकमै सुरु गरेको हो ।

सबै तयारी पूरा भएकाले प्राकृतिक वासस्थानका गैंडा समातेको हेर्न र अन्य प्राविधिक पक्षबारे जानकारी लिन चीनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ टोली आउन लागेको हो । केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असारमा चीनलाई गैंडा उपहार दिने निर्णय भएको थियो ।‘समातेपछि राख्ने खाल्डो, बुमालगायत सबै तयारी भएको छ,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने, ‘क्याप्चर गरेको हेर्न र अन्य जानकारी लिन चिनियाँ टोली आउने खबर आएको छ ।’ चिनियाँ टोलीले प्राकृतिक बासस्थानमा गैंडा समातेको प्रत्यक्ष हेर्ने चाहना राखेको थियो । त्यसैअनुसार नेपालले टोलीलाई आमन्त्रण गरेको हो ।


निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले उक्त टोलीले चीन लगिने गैंडाबारे चितवन निकुञ्ज, मन्त्रालय र विभागसँग जानकारी लिने बताए । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले प्राविधिक तयारीपछि उपहार दिने प्रक्रिया अघि बढ्ने बताए ।

यसअघि गत कात्तिकमा चीनमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) हेर्ने कार्यालयका उपमहानिर्देशक डा. मा एइगोले र गैंडा राख्ने सांघाई र ग्वान्जाओस्थित सफारी पार्कका अधिकारीसहित आठ सदस्यीय टोलीले चितवनका गैंडाको आनीबानी, आहार, बासस्थान, घाँसे मैदान र पानीका घोलबारे अध्ययन गरेको थियो । त्यतिबेलै चिनियाँ टोली, वन मन्त्रालय र निकुञ्ज विभागका अधिकारीले गैंडा हस्तान्तरण कार्ययोजनाको खाका तयार गरेका थिए ।टोलीले प्राकृतिक वासस्थानमा डार्ट गरेर गैंडा बुमा र खोरसम्म ल्याएको, तिनको वासस्थान र व्यवस्थापनलगायत प्राविधिक पक्षबारे बुझ्नेछ । चीनमा प्राकृतिक बासस्थानमा गैंडा नभएकाले उनीहरूलाई यो दृश्य रोचक हुनेछ।

प्रतिकृया दिनुहोस

ओली–प्रचण्डबीचको वार्ता ‘सकरात्मक’

पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादीले छलफललाई तीव्र पारेका छन् । एकता संयोजन समितिले सहमति हुन बाँकी विषयलाई टुंगाउने जिम्मेवारी दुई

स्थापना दिवसकै दिन राजपा नेपाल फुट्यो

राष्ट्रिय जनता पार्टी नेपाल स्थापना दिवसकै दिन फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु

मनाङे कारागार चलान भएसँगै प्रदेशसभा सदस्य पद स्वतः रिक्त,उपचुनाव कहिले ?

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त