मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक

नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन्।यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो । केदारलाई ‘महंगा माग्ने’ समेत भनियो । यसपछि, उनलाई २० र २५ लाखको पारिश्रमिकको अफरसमेत आयो ।

अहिले, फेरि चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिकको चर्चा सुरु भएको छ । चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ । दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भयो बुझिनसक्नु छ ।निकितालाई २ किस्तामा १० लाख पारिश्रमिक दिने संझौता भएको छ ।

प्रतिकृया दिनुहोस

चर्चित ५ जोडी कलाकार, जसको वैवाहिक जीवन यसरी भयो ध्वस्त,कस्को को संग भयो दोस्रो विवाह

भनिन्छ कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । त्यसैमा नेपाली कलाकारहरुको जीवन र प्रेम त झनै प्रचार मुखि छ भन्दा अन्यथा नहोला । 

‘रानी महल’बाट डेब्यू गर्दै पूर्व ‘मिस नेपाल’ निकिता चण्डक

काठमाडौँ । पूर्व मिस नेपाल ‘मिस नेपाल’ निकिता चण्डकले पनि अभिनयमा हात हाल्ने एकी छिन् । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रमा

श्रृङ्खला खतिवडाले चुमिन ‘मिस नेपाल २०१८’को उपाधि

काठमाडौं । श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’को उपाधि जित्न सफल भएकी छिन् । २४ प्रतिपस्र्धीलाई पछि पार्दै खतिवडाले ‘मिस नेपाल वल्र्ड’को