ओली–प्रचण्डबीचको वार्ता ‘सकरात्मक’

पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादीले छलफललाई तीव्र पारेका छन् । एकता संयोजन समितिले सहमति हुन बाँकी विषयलाई टुंगाउने जिम्मेवारी दुई दलका अध्यक्षलाई दिएपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता भएको हो ।

हिजो पनि उहाँहरु बीच छलफल भएको थियो । आजको वार्ता पनि एकता संयोजन समिति अन्तर्गतका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदन माथि केन्द्रित रहेको बताइएको छ ।

हिजोको वार्तालाई पूर्ण गोप्य राखेको भए पनि आजको वार्ता बारे भने प्रचण्डको ट्विटरबाट जानकारी गराइएको छ । दुई अध्यक्षको बैठक पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि सौहार्दपूर्ण छलफल भएको प्रचण्डले बताउनु भएको छ ।

दुवै अध्यक्षबीच सोहार्दपूर्ण छलफल भयो, प्रचण्डको ट्विटरमा भनिएको छ छलफललाई भोलि पनि निरन्तरता दिइने छ ।
वार्ता सकरात्मक उन्मुख रहेकाले भोलि पनि वार्तालाई निरन्तरता दिने सहमति भएको हो । दुई पार्टीबीच मिल्न नसकेको चुनाव चिन्ह, जनयुद्धलाई हेर्ने दृष्टिकोण र पदीय बाँडफाँटसम्बन्धी विषय टुङ्ग्याउने जिम्मा ओली–प्रचण्डलाई छ ।

प्रतिकृया दिनुहोस

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई

एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा : एस्तो छ नेकपाको सम्पत्ति विवरण

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्येआर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।एमालेको दैनिक आम्दानी करिव चार लाख