आमिरको ‘महाभारत’मा द्रौपदी को ?

मुम्बई– बलिउडमा अहिलेसम्मकै मंहगो बजेटमा ‘महाभारत’ सिरिज निर्माणको घोषणा गरेका आमिर खानले ‘द्रौपदी’ चरित्रको अभियनका लागि अभिनेत्रीको खोजी थालेका छन्। 

१ हजार करोड बजेटमा बन्ने यो फिल्ममा आमिरले भगवान कृष्णको भुमिका निभाउने भएका छन्। अन्य कलाकारको टुंगो नलागेको बेला आमिरले महत्वपूर्ण पात्र द्रौपदीको खोजी थालेका हुन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले द्रौपदीका लागि अभिनेत्री दीपिका पादुकोणलाई चुनेका छन्। पद्मावतमा दीपिकाले ‘रानी’ पात्रमा गरेको सशक्त अभिनयबाट प्रभावित भएर आमिरले आफ्नो टिमसँगको छलफलमा द्रौपदी रोलका लागि उनीभन्दा अरु कोही उपयुक्त हुननसक्ने निष्कर्ष सुनाएका छन्।

यद्यपी औपचारिक रुपमा द्रौपदी रोलका लागि आमिरले दीपिकासँग प्रस्ताव भने गरेका छैनन्। यदि दीपिका द्रौपदी रोलका लागि राजी भइन भने आमिरसँग उनले पहिलोपटक स्क्रिन शेयर गर्नेछिन्।

चर्चित अर्बपति उद्योगपति मुकेश अम्बानीको लगानी रहेको फिल्ममा आमिरले दीपिकालाई नै द्रौपदीको भुमिकामा देख्न चाहेको सञ्चारमाध्यमको दाबी छ। 

प्रतिकृया दिनुहोस

भोलिबाट कैलाली भ्रमण वर्ष सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम

कैलाली,  वैशाख २१ – भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।पर्यटकीय क्षेत्रको

श्रीदेवीको जिवनीमा आधारित फिल्म बनाउँदै बोनी कपुर

मुम्बई– दुबईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको जिवनीमा आधारित फिल्म बन्ने भएको छ। चर्चित फिल्म निर्माता एवं श्रीदेवीका पति बोनी कपुरले

मलाई अवार्ड आवश्यक छैन : खगेन्द्र लामिछाने

भर्सटायल अभिनेताको रुपमा परिचित खगेन्द्र लामिछाने एक कुशल लेखक पनि हुन् । पर्दामा जीवन्त अभिनय गर्न सिपालु उनले जुन फिल्ममा काम गर्दछन् त्यसबाट