श्रीदेवीको जिवनीमा आधारित फिल्म बनाउँदै बोनी कपुर

मुम्बई– दुबईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको जिवनीमा आधारित फिल्म बन्ने भएको छ। चर्चित फिल्म निर्माता एवं श्रीदेवीका पति बोनी कपुरले दिवगंत पत्नीको जीवनमा आधारित डकुमेन्ट्री फिल्म बनाउन लागेका हुन्। 

पछिल्ला दिनमा उनले फिल्म निर्माणका लागि सम्पूर्ण समय यसैमा केन्द्रित गरेका छन्। फिल्मका लागि उनले ‘श्री’, ‘श्रीदेवी’ र ‘श्रीदेवी म्याम’ नामको ३ शीर्षक दर्ता गराइसकेका छन्। उनले बलिउडको प्रोड्युसर एशोसियसनको रजिस्ट्रेशन डिर्पाटमेन्टमा अहिलेसम्म २० शीर्षक दर्ता गराएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्ममा श्रीदेवीको वास्तविक आवाज प्रयोग गरिनेछ। श्रीदेवीसँग जोडिएका कैयौ रियल भिडियो फुटेज पनि प्रयोग गरिनेछ। बोनी कपुरले श्रीदेवीको सम्झनामा यो फिल्म बनाउन लागेका हुन्।

प्रतिकृया दिनुहोस

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड ल्याण्ड मा

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको प्रस्तुति मा राग रागिनी entertainment प्रा. लि. तथा Rushlight media को आयोजना मा यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड

‘सञ्जू’ले दुई दिनमा कति कमायो ?

काठमाडौं । रणवीर कपुरको ‘सञ्जू’ले राम्रो व्यापार गरेको छ । फिल्मले दुई दिनमा कुल ७३.३५ करोडको कारोबार गरिसकेको छ । बलिउड अभिनेता संजय दत्तको

छायांकन रोकियो बहुभाषी चलचित्र हिमआँधीको, कारण यस्तो छ :

काठमाडौं, १८ असार । बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपाल भाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा,