बजारमा पाँच खर्बको कागजी नोट, सबैभन्दा बढी एक हजारका


बैशाख १७, २०७५ काठमाडौं : बजारमा करिब पाँच खर्ब रुपैकाको कागजी नोट रहेको नेपाल राष्ट्र बैकले जनाएको छ। राष्ट्र बैकका अनुसार गत साताको शुक्रबार सम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैया कागजी नोट चलन चल्तीमा रहेको छ।  त्यसैगरी, राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैया नोट मौज्दाज रहेको छ। १ रुपैया दरका १६ करोड थान, दुई रुपैयाँ दरका ९२ लाख थान, ५ रुपैया दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैककले जनाएको छ।  त्यस्तै १० रुपैयाँ दरका ३७ करोड, २० रुपैया दरका २३ करोड, २५ रुपैया दरका २२ लाख, ५० रुपैयाँ दरका १७ करोड थान रहेका छन्।  १ सय दरका १७ करोडथान २ सय ५० दरका ३४ करोड, पाँच सय दरका १९ करोड र १ हजार दरका ३ अर्ब थान कागजी नोट रहेको राष्ट्र बैंकले जनाएका छ। 
 

प्रतिकृया दिनुहोस

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।