भारतीय प्रधानमन्त्री हेलिकप्टरबाट सीधै जनकपुर अाउने, ओलीले स्वागत गर्ने सम्भावना

धनुषा, १८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सीधै जनकपुर आउने भएका छन् । वैशाख २८ मा नेपाल आउन लागेका मोदी भारतको विहारबाट तीन वटा हेलिकप्टर चार्टर गरेर जनकपुर आउन लागेका हुन् । 

मोदीको भ्रमणको सुरक्षा अवस्थाबारे बुझ्न धनुषामा रहेका गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर आउन लागेको जानकारी गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका बेला जनकपुरधाममा पूजा-आजा गर्ने र मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने बताए ।

मोदीको यो भ्रमण धार्मिक भ्रमण भएको मन्त्री थापाले जानकारी गराए । यस पटक कुनै सम्झौता नहुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको भारत भ्रमणपछि दुई देशबीच सम्बन्धमा सुधार आएको पनि उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने भएपछि उनको स्वागतका लागि प्रधानमन्त्री ओली जनकपुर जाने सम्भावना रहेको छ ।

मोदीको भ्रामणलाई लिएर सुरक्षा व्यवस्था चुस्त पारिएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई बाह्रविगामा नागरिक अभिनन्दनको तयारी पनि भएको छ । 

प्रतिकृया दिनुहोस

मेक्सिकोका नवनियुक्त राष्ट्रपतिलाई ट्रम्पको वधाई

वासिङ्टन, १८ असार  । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिएका छन् । एन्ड्रेस

एकै घरमा ११ जनाको शव, हत्या कि आत्महत्या ?

नयाँ दिल्ली-भारतको राजधानी नयाँ दिल्लीस्थित बुराडी इलाकामा एकै घरमा ११ जनाको शव भेटिएको छ । आइतबार बिहान १० जनाको झुण्डिएको अवस्थामा र एक जनाको

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

वासिङ्टन – उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले