भारत: पत्रकारको हत्यामा छोटा राजनलाई आजीवन कारावास

भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ।सङ्गठित अपराधको विश्वमा छोटा राजन भनेर चिनिने राजेन्द्र सदाशिव निकल्जेले सात वर्षअघि खोज पत्रकार ज्योतिर्मय डेको हत्याको निर्देशन दिएको ठहर मुम्बईको एउटा अदालतले गरेको हो।डेलाई मोटरसाइकलमा आएका चार व्यक्तिको समूहले गोली हानेको थियो। 

छोटा राजनलाई आठ सहयोगीसहित उक्त हत्यामा बुधवार दोषी ठहर गरिएको हो।सो मुद्दाका एक जना सन्दिग्ध अझै फरार रहेका र अर्का एक जनाको मृत्यु भइसकेको बताइएको छ।पत्रकार जिज्ञा भोरा र अर्का एक जना अभियुक्तलाई प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ।डेले तयार पारेका समाचार सामग्रीबाट छोटा राजन क्रुद्ध भएको बताइएको छ।

सन् २०१५ मा इन्डोनेसियाबाट भारत ल्याइएपछि छोटा राजन प्रहरीको हिरासतमा राखिएको थियो।आपराधिक गिरोहको नाइके बन्नुअघि राजन मुम्बईमा सानातिना अपराधहरूमा संलग्न भएको बताइन्छ।दुई वर्षअघि अस्ट्रेलियाबाट बाली आएर नक्कली परिचयसहित बसिरहेको अवस्थामा उनी पक्राउ परेका थिए।पत्रकार डेको हत्या भएको देख्ने साक्षी नभए पनि अन्य १५५ जनाले अभियोगका पक्षमा बयान दिएका थिए।

प्रतिकृया दिनुहोस

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका सर्वोच्च

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी