बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता

सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

उक्त घटनामा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका र बाँकी ३४ जना फरार रहेको अधिकारीहरूको भनाइ छ।गत माघमा दुबईबाट काठमाण्डू भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि उत्पन्न प्रकरणसँग यो मुद्दा जोडिएको छ।

सुन तस्करी प्रकरण: एसएसपी पक्राउनेपाल प्रहरीले एउटा चर्चित सुन तस्करी प्रकरणमा अनुसन्धानको निम्ति आफ्नै संगठनका एकजना उच्च अधिकृतलाई गिरफ्तार गरेको जनाएको छ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखले मुख्य अभियुक्त गिरफ्तार हुन बाँकी रहेको बताए।केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको करिव ३४ किलो सुन सहित केही व्यक्ति समातिएका थिए।

उसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री लगत्तै प्रहरी प्रधान कार्यालयमा तानिएका थिए। राजधानीबाटै ८८ केजी अवैध सुन बरामद

भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।महाशाखाबाट खटिएको टोलीले सुराकीका आधारमा उक्त अवैध सुन समातेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।उनले भने "सुन नेपाली गाडीमै ल्याइएको छ। हाल उक्त गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइरहेका छौं।"प्रारम्भिक अनुसन्धानमा उक्त सुन चिनियाँ व्यक्तिको भएको बताएका चालकले थप विवरण भने दिन अटेर गरेको प्रहरीले बताएको छ।उक्त सुन तस्करीमा संलग्न हुन सक्ने समुहको खोज तलास भैरहेको प्रहरीले जनाएको छ।यसअघि पनि ठूलो परिमाणमा सुन बरामद भएका थुप्रै घटना भएका छन्।गत वर्षको पुस २१ गते विमानस्थल नजिकै पिंगलास्थानबाट ३३ केजी सुन बरामद गरिएको थियो।उक्त सुन दुबईहुँदै काठमाण्डू ल्याइएको ठानिएको थियो।प्रहरीको आँकडा अनुसार पछिल्लो चार वर्षमा साढे तीन सय किलो परिमाणमा यस्ता अवैध सुन बरामद भएका छन्।बयानत्यसबेला देखि नै अनुसन्धानको घेरामै रहेका उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नु पर्ने ठहर गर्दै सीआईबीले गिरफ्तार गरेको बताइएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा उहाँको पनि संलग्नताको सम्भावना देखिएपछि नियन्त्रणमा लिइएको हो।

ठाकुरप्रसाद ज्ञवाली, सह-प्रवक्ता, नेपाल प्रहरीनेपाल प्रहरीका सह-प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले भने, "केही कुरा बुझ्न प्रधान कार्यालयमा काजमा काम गराइएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा उहाँको पनि संलग्नताको सम्भावना देखिएपछि प्रहरी प्रधान कार्यालयबाट सीआईबी कार्यलयमा बोलाएर त्यहीं नियन्त्रणमा लिएर राखिएको हो।"सुनसँगै केही व्यक्ति गिरफ्तार गरेको प्रहरीले अनुसन्धानका क्रममा विमानस्थलमा कार्यरत केही सरकारी कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ।उनीहरुको बयानका आधारमा एसएसपी खत्रीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।सुन तस्करीको ठूलै सञ्जाल रहेको बताउने सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले कोही पनि नछुट्ने विश्वास व्यक्त गरे।

प्रमुख अभियुक्त पक्राउ पर्न बाँकी छन्। स्वदेश र विदेशमा रहेर संगठीत रुपमा काम गर्ने कोही छुट्दैनन्।

नवराज सिलवाल, प्रमुख, सीआईबी       उनले भने, "प्रमुख अभियुक्त पक्राउ पर्न बाँकी छन्। तस्करीको जालोमा रहेका सबै अभियुक्त समातिन्छन्। ठूलो मान्छे छुटेका छन् भन्ने चर्चा गलत हो। स्वदेश र विदेशमा रहेर संगठीत रुपमा काम गर्ने कोही छुट्दैनन्।"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य अन्तर्राष्ट्रिय नाकाबाट सुन तस्करी हुने घटना कयौं वर्ष अघिदेखि सार्वजनिक हुँदै आएका छन्।शक्तिशाली व्यक्तिको मिलोमतो बिना त्यो सम्भव नहुने चर्चा पनि चल्दै आएको छ।तर उहिलेदेखि अहिलेसम्मका प्रकरणमा अहिले चल्तिको शब्दमा 'भुरा माछा समातिने र ठूला माछा उम्किने' गरेको गुनासो उस्तै छ। अभियुक्त को को?जिल्ला सरकारी वकिलको कार्यालय मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार पक्राउ परेका सात प्रहरी अधिकारीसहित २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो।मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री भने फरार रहेको अधिकारीहरुले जनाएका छन्। यसैगरी मुद्दा चलाइएकामा विमानसेवाका केही कर्मचारी एवम् व्यापारीहरू रहेको बताइएको छ।सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती 'गोरे' भने अझै फरार छन्।

उक्त मुद्दामा बिहीवारदेखि अभियुक्तहरूको बयान लिन थालिने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए।सो प्रकरणमा संलग्न भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको दाबी बुधवार दायर भएको मुद्दामा गरिएको छ। उक्त प्रकरणसँग जोडिएको भनिएको घटनामा शाक्यसहित तीन जनाको ज्यान गइसकेको बताइएको छ।छानबिनघटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित टोलीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले बताएको छ।उक्त समूहले २०७० सालयता रु १७ अर्बभन्दा बढी मूल्यको सुनको तस्करी गरेको दाबी गरिएको छ।हराएको भनिएको सुन भने अझै पत्ता नलागेको प्रहरी अधिकारीहरू बताउँछन्।

 

 

 

 

प्रतिकृया दिनुहोस

सन् २०२३ मा अरुण तेस्रोकोे निर्माण सकिने

शुक्रबार प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण औपचारिक रूपमा

नौ जना जुवाडे पक्राउ

काठमाडौं : सामान्यतया पार्टी प्यालेसमा बिहेभोज र अन्य पार्टी हुने गर्छ। तर, काठमाडौं टोखा नगरपालिका ११ मरण पार्टी प्यालेस भने जुवा खेल्ने अड्डा भएको

अन्तर्राष्ट्रिय मजदुर दिवस

ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ दिन) हुनआँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय