नौ जना जुवाडे पक्राउ

काठमाडौं : सामान्यतया पार्टी प्यालेसमा बिहेभोज र अन्य पार्टी हुने गर्छ। तर, काठमाडौं टोखा नगरपालिका ११ मरण पार्टी प्यालेस भने जुवा खेल्ने अड्डा भएको सार्वजनिक भएको छ। प्रहरीले मंगलबार उक्त पार्टी प्यालेसबाट नौ जना जुवाडे पक्राउ गरेसंगै घटना सार्वजनिक भएको हो। महानगरीय प्रहरी प्रभाग गोगंवुले बिशेष सूचनाको आधारमा जुवा खेलिरहेकै अबस्थामा नौ जनालाई पक्राउ गरेको थियो। प्रहरीले जुवाखालबाट तीन बुक तास र ७५ हजार ६१० नगद रुपैंया समेत बरामद गरेको छ। पक्राउ पर्नेमा पार्टी प्यालेस धनी टेक प्रसाद वुढा, बागलुङका मणिलाल खत्री, रूकुमका दिलप्रसाद घर्ती, झापाका श्याम सुव्वा, नुवाकोटका पुन्य अधिकारी र तुल सुनार, उदयपुरका मानबहादुर पुलामी, गोरखाका चन्द्र गुरूङ र एक जना महिला सोलुकी  माईली राई रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखि थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। त्यस्तै प्रहरीले भारतीय प्रिमीयर लिग आइपीएल खेलको अनलाई मार्फत बाजी राख्ने दुई जना भारतीय नागरीकलाई पक्राउ गरेको छ। उनीहरुलाई खिचापोखरीबाट महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पिपरास्टेशन थाना घर भई हाल काठमाडौं जमल बस्ने मुकेश जैसवाल, भारत मोतिहारीका संजिव कुमार जैसवाल रहेका छन्। उनीहरुको साथबाट प्रहरीले एक लाख ४० हजार ५०० नदर र अनलाई मार्फत जुवा खेलाउन प्रयोग गरेका चार थान मोबाई बरामद गरेको छ।
 

प्रतिकृया दिनुहोस

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।