भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

नयाँ दिल्ली- उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन्। उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो।

त्यसमा परी १४३ जना घाइते भएका छन्। घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ। यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।

प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ। अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन्।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ। त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन्।

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पु-याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

भारत: पत्रकारको हत्यामा छोटा राजनलाई आजीवन कारावास

भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ।सङ्गठित

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

दमास्कस – उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको

भारतीय प्रधानमन्त्री हेलिकप्टरबाट सीधै जनकपुर अाउने, ओलीले स्वागत गर्ने सम्भावना

धनुषा, १८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सीधै जनकपुर आउने भएका छन् । वैशाख २८ मा नेपाल आउन लागेका मोदी भारतको विहारबाट तीन वटा