ट्विटरमा समस्या, तत्काल पासवर्ड परिवर्तन गर्न आग्रह

विश्वभरमा लोकप्रिय सामाजिक संजाल ट्वीटरले आन्तरिक नेटवर्कमा समस्याको कारण देखाउदै आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई आफ्नो ट्वीटर अकाउन्टको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।

ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।

ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र, हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।’

प्रतिकृया दिनुहोस

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका  साईटहरुमा एकाउन्ट बनाउनु  भएको छ र कारणबस  तपाईंले त्यसको  प्रयोग गर्न छाडिसक्नु भएको छ

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको