भोलिबाट कैलाली भ्रमण वर्ष सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम

कैलाली,  वैशाख २१ – भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।पर्यटकीय क्षेत्रको संरक्षण एंव प्रचार–प्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ एक वर्षसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट हुने भएको हो ।

आज कार्यक्रमवारे आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कार्यक्रमको सबै तयारी पूरा भएको जनाए । उद्घाटन कार्यक्रमको अवसरमा भोलि र पर्सी गरी दुई दिन कैलालीका विभिन्न स्थानको अवलोकन भ्रमण कार्यक्रम तय भएको उनले बताए । जस अन्तरगत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका गरी सयौं सांसदहरुलगायत विशिष्ट व्यक्तिहरुको टोलीलाई कर्णाली नदीमा ¥याप्टिङ गराउने, राजकाँडा, टीकापुर पार्क, घोडाघोडी ताल, डल्फिन प्रजनन केन्द्र, भादा होमस्टेको अवलोकन गराइने भएको छ ।

त्यस्तै, वसन्ता जैविक मार्ग, खानीडाँडा, बर्दगोरिया, त्रिवेणी धाम, गर्भा दरबार, बेहडाबाबा, रामेश्वर धाम, मोहन्याल क्षेत्रलगायत तीन दर्जन वढी पर्यटकीय, धार्मिक तथा जैविक क्षेत्रको अवलोकन दर्शन कार्यक्रम रहेको प्रमुख थापाले जानकारी दिए ।भ्रमण वर्षको अवधीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । कैलालीलाई प्रदेश नं. ७ को प्रवेशद्धारको रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षण गर्ने बताइएको छ । भ्रमण वर्षभरीको लागि सवा करोड बजेट बिनियोजन भएको जिल्ला समन्वय समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम

‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन