कसरी हुन्छ मिर्गौलाको संक्रमण, हुन नदिन के गर्ने ?

मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन । तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन् । तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ । 

लक्षण :

मिर्गौला संक्रमणको लक्षण कहिलेकाहीँ केही घन्टामै देखिन सक्छ । यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ । 

साथै सिस्टाइटिसजस्ता युरिनरी ट्रयाक्ट इन्फेक्सन (युटिआई) का लक्षण पनि देखिन्छ। तिनका लक्षण निम्न छन्ः 
–    अचानक पिसाब लाग्ने र सामान्यभन्दा बढी पिसाब हुने,
–    पिसाब गर्दा पीडा हुने र पोल्ने,
–    गन्हाउने या बाक्लो पिसाब हुने,
–    पिसाब रगत देखिने, आदि ।

यसरी कम्मरमा या यौनांगमा पीडा भएमा या युटिआईको लक्षण केही दिनमा पनि सुधार नदेखिएमा र पिसाबमा रगत देखिएमा तत्काल चिकित्सकलाई देखाइहाल्नुपर्छ । 

मिर्गौलाको संक्रमण पहिचान हुनेबित्तिकै क्षति हुनबाट जोगाउन र रगतमा फैलन नदिन एन्टिबायोटिक लिन थाल्नुपर्छ । यसका साथै पेनकिलर पनि लिनुपर्ने हुन सक्छ । यदि लामो समयदेखि समस्या छ र विशेषगरी गर्भवती महिला छन् भने अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । एन्टिबायोटिक लिन थालेको दुई सातापछि बिरामीले सुधार महसुस गर्नुपर्छ । 

कारण

‘इ कोली’ नामक ब्याक्टेरिया पिसाब बग्ने ट्युबमा पुगेपछि मिर्गौलाको संक्रमण हुन्छ । ब्याक्टेरिया ब्लाडरसम्म पुगेर सिस्टाइटिस हुन्छ र मिर्गौलासम्म पनि पुग्न सक्छ । इ कोली दिसा गर्ने अंगमा हुन्छ र, त्यहाँ रहँदा कुनै असर पुर्‍याउँदैंन । तर, यौन सम्पर्कका दौरान या दिसा पुछ्दा या धुँदा मूत्रमार्गमा पुग्न सक्छ । 

मिर्गौलाको संक्रमण हुने अरु पनि कारण छन् ।

मुत्राशयको संक्रमणबिना पनि मिर्गौलाको संक्रमण हुन सक्छ । यदि मिर्गौलाको पत्थरी छ, मधुमेह छ या रोग प्रतिरोधी क्षमता कमजोर छ भने पनि मिर्गौलाको  सक्रमण हुन सक्छ । 
मिर्गौलाको संक्रमण कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यद्यपि विशेषगरी महिलाहरु यसबाट बढी प्रभावित हुन्छन् । किनभने, महिलाको दिसा गर्ने अंग र युरेथ्रा नजिकै हुन्छ र ब्याक्टेरिया सजिलै मुत्रमार्गमा प्रवेश गर्ने सम्भावना रहन्छ । अझ यौनका हिसाबले बढी सक्रिय हुने उमेरका युवतीहरु बढी जोखिममा हुन्छन् । 

कसरी रोक्ने ? 
मिर्गौलाको संक्रमण हुन नदिन युरेथ्रा र पिसाबथैलीलाई ब्याक्टेरियारहित बनाउनुपर्छ । जसका लागि निम्न उपाय अपनाउन सकिन्छः
–    तरल पदार्थ बढीभन्दा बढी पिउने, सादा पानी पिउनु सबैभन्दा राम्रो हुन्छ,
–    पिसाब लाग्नेबित्तिकै पिसाब गरिहाल्नुपर्छ, धेरैबेर रोक्नुहुन्न,
–    यौन सम्पर्कपछि पिसाब गर्नुपर्छ, 
–    दिसा गरेपछि अगाडिबाट पनि पछाडिकै हिसाबले सफा गर्नुपर्छ, 
–    हरेक दिन यौनाङ्ग धुनुपर्छ, सम्भव भएसम्म यौनसम्पर्क अगाडि यौनाङ्ग सफा गर्नुपर्छ, 
–    कब्जियत हुन नदिने, कब्जियतले पनि युटिआई गराउँछ, आदि ।

(स्रोतः नेसनल हेल्थ सर्भिस, बेलायत)

प्रतिकृया दिनुहोस

रौटहट एसिड आक्रमणमा परी गम्भीर अवस्थामा उपचाररत सम्झना दासको मृत्यु

काठमाडौं– एसिड आक्रमणपछि उपचाररत रौटहटकी सम्झना दासको मृत्यु भएको छ। गएराति ११ः४०मा किर्तिपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको

मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा

सर्पले टोक्दा के गर्ने ? के नगर्ने ?

एजेन्सी गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु