सन् २०२३ मा अरुण तेस्रोकोे निर्माण सकिने

शुक्रबार प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण औपचारिक रूपमा सुरु भएको छ । नेपालकै सबैभन्दा ठूलो यस आयोजनाको निर्माण सन् २०२३ सम्ममा सम्पन्न गरिने लगानी बोर्डले जानकारी दिएको छ । ९ सय मेगावाट क्षमताको यो आयोजनाको वित्तीय व्यवस्थापनबाहेक निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।

आयोजना निर्माणको जिम्मेवारी पाएको एसजेभिएल अरुण–३ पावर डेभलपमेन्ट कम्पनीलाई सरकारले १२ असोज ०७५ सम्ममा वित्तीय व्यवस्थापन गर्ने समयसीमा तोकिदिएको छ । निर्माण कम्पनीले इलेक्ट्रो मेकानिकल, बाँध, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल गरी चारवटै क्षेत्रमा निर्माण कार्य थालनी गर्दै छ । केहीको ठेक्का प्रक्रियासमेत सम्पन्न भइसकेको छ ।

आयोजनाको लागत १ दशमलव ४ बिलियन अमेरिकी डलर तोकिएको छ । बुट (निर्माण, सञ्चालन, स्वामित्व ग्रहण र हस्तान्तरण) प्रक्रियाबाट निर्माण गरिने यो आयोजना २५ वर्षपछि नेपाल सरकारलाई बुझाउनुपर्नेछ । त्यसअनुसार सन् सन् २०४८ मा नेपाल सरकारको स्वामित्वमा आउनेछ । तर, त्यसका लागि सन् २०२३ मा सम्पन्न हुनुपर्नेछ । यस आयोजनाको अधिकतम बा“धको उचाइ ६८ मिटर रहनेछ ।

यस आयोजनाले ३ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । स्थानीय उद्योगमा अभिवृद्धि, उद्यमशीलता विकासमा सहयोग पुग्ने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।

अरुण तेस्रोको शिलान्यास कार्यक्रममा ऊर्जामन्त्री अटाएनन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास शुक्रबार दुई देशका प्रधानमन्त्रीले ‘स्विच अन’मार्फत गरे । तर, उक्त समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन भने थिएनन् । यस सम्बन्धमा मन्त्रीको सचिवालयले अरुण तेस्रोको शिलान्यासबारे कुनै जानकारी नदिएको बतायो ।

तर, मन्त्रालयका ऊर्जा सचिव अनुपकुमार उपाध्याय र सिँचाइ सचिव डा. सञ्जय शर्मा भने उपस्थित थिए । प्रधानमन्त्री कार्यालयले तयारी गरेको २१ सदस्यीय नेपाली प्रतिनिधि मण्डलमा मन्त्रालयका दुई सचिव अट्ने, तर देशभित्र नै रहेका मन्त्री प्रतिनिधि मण्डलमा नराख्नुलाई मन्त्री पुनले गम्भीर रूपमा लिएको सचिवालयका प्रेस संयोजक रोशन खड्काले बताए ।

प्रतिकृया दिनुहोस

नौ जना जुवाडे पक्राउ

काठमाडौं : सामान्यतया पार्टी प्यालेसमा बिहेभोज र अन्य पार्टी हुने गर्छ। तर, काठमाडौं टोखा नगरपालिका ११ मरण पार्टी प्यालेस भने जुवा खेल्ने अड्डा भएको

बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता

सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध

अन्तर्राष्ट्रिय मजदुर दिवस

ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ दिन) हुनआँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय