नगर प्रमुख आक्रमणका मुख्य योजनाकार पक्राउ

२ जेठ, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् ।महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी बोगटीसँगै प्रहरीले दुई थान मोटरसाइकल, पाँच थान मोबाइल, १३ थान सिमकार्ड, पार्टीका विभिन्न पर्चा, पम्प्लेट तथा चन्दा रसिद बरामद गरेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित

संघीय संसदबाट तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव,

विप्लवका कार्यकर्ताले दले साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो

डीबी विष्ट बझाङ, असार १३ । बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई कालोमोसो दलिएको छ । गाउँसभा गर्नका लागि गाउँपालिका तर्फ

गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

११ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो ।विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई