मकालु एयरको बेपत्ता विमान बाजुरामा भेटियो

काठमाडौं, जेठ २ । मकालु एयरको सम्पर्कविहीन 9N AuJ विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए । ‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।

प्रतिकृया दिनुहोस

तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित

संघीय संसदबाट तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव,

विप्लवका कार्यकर्ताले दले साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो

डीबी विष्ट बझाङ, असार १३ । बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई कालोमोसो दलिएको छ । गाउँसभा गर्नका लागि गाउँपालिका तर्फ

गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

११ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो ।विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई