मकालु एयरको बेपत्ता विमान बाजुरामा भेटियो

काठमाडौं, जेठ २ । मकालु एयरको सम्पर्कविहीन 9N AuJ विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए । ‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।

प्रतिकृया दिनुहोस

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

काठमाडौ– तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ।  संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय,

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट