पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।२०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । केही समस्या नभए भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ ।

भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको बताइएको छ ।
आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो  ।
यसैबिच, पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ।

आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् ।एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ भोलि ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको पनि वैठक आव्हान गरेको छ ।

ओली र प्रचण्डको वान टु वान वार्ताले भोली १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई

एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा : एस्तो छ नेकपाको सम्पत्ति विवरण

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्येआर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।एमालेको दैनिक आम्दानी करिव चार लाख