काठमाडौंबाट भारत जाँदै गरेको बसबाट सुन बरामद

कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताउनुभयो ।

उहाँका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

काठमाडौ– तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ।  संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय,

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट