मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो,क्याप्टेन र को–पाइलटको मृत्यु

जनक शाही, हुम्ला । आज बिहानदेखि सम्पर्कबिहिन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सुर्खेतबाट हुम्लाका लागी कार्गो सामान लिएर गएको ९ एन एजेयु कल साइन बिमान हुम्लाको खार्पुनाथ गाउपालीका वडा न.२ छालीको एकलभुजमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएका हो । दुर्घटनामा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज १ घण्टासम्म पनि सम्पर्कमा नआएपछि बिमानको खोजी कार्यका लागी हम्लाको सिमिकोट बिमानस्थलबाट खोजी कार्यका लागी माउण्टेन एअरका २ वटा जहाज परिचालन गरिएको थियो ।

सुर्खेतबाट ४५ मिनेटमा हुम्ला सिमिकोट पुग्नु पर्ने भएपनि ५५ मिनेट सम्म नपुगेपछि खोजी कार्य गरिएको थियो । त्यहिक्रममा खोजीका लागी गएका बिमानले बिहान साढे १० बजे जहाज भेट्टिएको थियो । मृतक क्याप्टेन र को पाइलट दुबै जनाको उद्धार पछि काठमाण्डौ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई

एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा : एस्तो छ नेकपाको सम्पत्ति विवरण

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्येआर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।एमालेको दैनिक आम्दानी करिव चार लाख