मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो,क्याप्टेन र को–पाइलटको मृत्यु

जनक शाही, हुम्ला । आज बिहानदेखि सम्पर्कबिहिन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सुर्खेतबाट हुम्लाका लागी कार्गो सामान लिएर गएको ९ एन एजेयु कल साइन बिमान हुम्लाको खार्पुनाथ गाउपालीका वडा न.२ छालीको एकलभुजमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएका हो । दुर्घटनामा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज १ घण्टासम्म पनि सम्पर्कमा नआएपछि बिमानको खोजी कार्यका लागी हम्लाको सिमिकोट बिमानस्थलबाट खोजी कार्यका लागी माउण्टेन एअरका २ वटा जहाज परिचालन गरिएको थियो ।

सुर्खेतबाट ४५ मिनेटमा हुम्ला सिमिकोट पुग्नु पर्ने भएपनि ५५ मिनेट सम्म नपुगेपछि खोजी कार्य गरिएको थियो । त्यहिक्रममा खोजीका लागी गएका बिमानले बिहान साढे १० बजे जहाज भेट्टिएको थियो । मृतक क्याप्टेन र को पाइलट दुबै जनाको उद्धार पछि काठमाण्डौ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा चोरी बढेको बढ्यै : प्रहरी माथि प्रश्न खडा

भक्तपुर । भक्तपुरमा पछिल्लो समय चोरीको घटना बृद्धि भएसँगै सामाजिक सुरक्षामा प्रश्न उठ्न थालेको छ । चोरी नियन्त्रणका लागि भक्तपुर प्रहरीले बिभिन्न

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि

तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा