मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो,क्याप्टेन र को–पाइलटको मृत्यु

जनक शाही, हुम्ला । आज बिहानदेखि सम्पर्कबिहिन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सुर्खेतबाट हुम्लाका लागी कार्गो सामान लिएर गएको ९ एन एजेयु कल साइन बिमान हुम्लाको खार्पुनाथ गाउपालीका वडा न.२ छालीको एकलभुजमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएका हो । दुर्घटनामा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज १ घण्टासम्म पनि सम्पर्कमा नआएपछि बिमानको खोजी कार्यका लागी हम्लाको सिमिकोट बिमानस्थलबाट खोजी कार्यका लागी माउण्टेन एअरका २ वटा जहाज परिचालन गरिएको थियो ।

सुर्खेतबाट ४५ मिनेटमा हुम्ला सिमिकोट पुग्नु पर्ने भएपनि ५५ मिनेट सम्म नपुगेपछि खोजी कार्य गरिएको थियो । त्यहिक्रममा खोजीका लागी गएका बिमानले बिहान साढे १० बजे जहाज भेट्टिएको थियो । मृतक क्याप्टेन र को पाइलट दुबै जनाको उद्धार पछि काठमाण्डौ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य

ट्विटरमा समस्या, तत्काल पासवर्ड परिवर्तन गर्न आग्रह

विश्वभरमा लोकप्रिय सामाजिक संजाल ट्वीटरले आन्तरिक नेटवर्कमा समस्याको कारण देखाउदै आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई आफ्नो ट्वीटर अकाउन्टको पासवर्ड

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरुको मद्दत लिनुहोस र पाउनुहोस् डिएसएलआर जस्तै क्वालिटी

यदि  तपाइलाई फोटोग्राफी मन पर्छ अथवा तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर