नेकपा एमाले र माओवादी केन्द्रबीच भयो ऐतिहासिक पार्टी एकता

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक पार्टी एकता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ पुनर्गठन घोषणा गरिएको हो ।योसँगै नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षे इतिहासमा पहिलोपटक विशाल कम्युनिष्ट पार्टी बनेको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् । दुवै अध्यक्षले बालुवाटारमै एक–अर्कालाई शपथग्रहण गराए भने त्यसलगत्तै दुवैजनाले नयाँ पार्टीमा समेटिएका केन्द्रीय सदस्यहरुलाई सामूहिकरुपमा शपथ गराए ।

नवगठित पार्टीमा ९ जनाको सचिवालय बनाइएको छ । जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।सचिवालयको महासचिवमा विष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । नयाँ पार्टीलाई निर्वाचन आयोगले बिहीबारै दर्तासमेत गरिसकेको छ । त्यसपछि राष्ट्रिय सभागृहबाट पार्टी एकताको औपचारिक घोषणा गरिएको हो ।

नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’मा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये २४१ जना एमालेबाट र २०० जना माओवादी केन्द्रबाट रहेका छन् । त्यसैगरी, एमालेबाट २६ र माओवादीबाट १९ जना गरी ४५ सदस्यीय स्थायी समिति पनि बनाइएको छ । केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत भाग पाएको छ । पोलिटब्यूरो भने तत्काल बन्ने छैन ।नवगठित पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद–लेलिनवाद’ हुने जनाइएको छ । ‘जनताको जनवाद’लाई कार्यनीति मान्दै ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई संस्थागत गरिने बताइएको छ ।दुई वर्षपछि एकता महाधिवेशन गर्ने सहमति गरिएको छ ।

प्रतिकृया दिनुहोस

पदाधिकारीको संख्या बारे कांग्रेसमा सहमति, महासमितिको बन्द सत्र सुरु

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा