आइपीएलमा चम्कीए सन्दीप लामिछाने, अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन : एकै ओभरमा लिए दुइ ठुलो विकेट

जारी इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको आफ्नो अन्तिम खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई  इन्डियन्सलाई १७५ रनको लक्ष्य दिएको छ। मुम्बईले १० ओभरमा पाँच विकेट गुमाएर  ७९ रन जोडेको छ। सन्दीप लामिछानेले तीन र अमित मिश्राले दुई विकेट लिए।

नेपाली युवा स्पीनर सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिए।  चौथो बलमा उनले लयमा रहेका सुर्य कुमार यादबलाई १२ रनमा आउट गरे। पहिलो ओभरमा १३ रन जोडेको मुम्बईले त्यसपछिका दुई ओभरमा दबाब महसुस गरेपनि त्यसपछि बलिङमा आएका ग्लेन म्याक्सवेल र हर्सल पटेललाई आक्रमण गर्‍यो। तर मुम्बईले ५७ रन जोड्दा दोस्रो विकेट गुमायो। 

मिश्राले इसन किशनलाई पाँच रनमा आउट गरे। १० औं ओभरमा सन्दीपले दुई विकेट लिए। उनले कुनाल पान्ड्या र कायरन पोलार्डलाई आउट गरे। सन्दीपले दुई ओभरमा २० रन खर्चिएर तीन विकेट लिए।

यसअघि  टस जितेपछि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन जोड्यो। दिल्लीको पालीमा रिसव पन्तले ६४ र विजय शंकरले ४३  रन बनाए। ग्लेन म्याक्सवेल २२ रन बनाएर आउट भए।

दिल्लीले लगातार तेस्रो खेलमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई खेलाएको छ। दुई खेल अघि आईपिएलमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका सन्दीपले अघिल्लो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारेका थिए।

दोस्रो चरण पुग्ने होडमा रहेको मुम्बई दिल्लीलाई हराउनै पर्नै स्थितिमा छ। १३ खेलबाट १२ अंक भएको मुम्बई तालिकाको पाँचौं स्थानमा छ। तालिकाको चौथो स्थानमा रहेको राजस्थान रोयल्सको १४ खेलबाट १४ अंक छ। तालिकाको शीर्ष चार टोली प्ले अफ पुग्नेछन्।

नेट रनरेटमा राजस्थानभन्दा अगाडि रहेकाले दिल्लीलाई हराएमात्र पनि मुम्बई दोस्रो चरण पुग्ने छ। दिल्ली भने १३ खेलबाट ८ अंक जोडेर तालिकाको आठौं तथा अन्तिम स्थानमा छन्। तर दिल्लीले मुम्बईलाई नै हराएर प्रतियोगितामा पहिलो जित हात पारेको थियो। आफ्नो तेस्रो खेलमा दिल्लीले मुम्बईलाई सात विकेटले हराएको थियो।

प्रतिकृया दिनुहोस

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत