बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै गएको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जीवनशैली फेरेका यहाँका हिमाली गाउँका बासिन्दा फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् ।

जिल्ला वन कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने संकलनको परिमाण हेर्दा बर्से्नि यार्सा उत्पादन घट्दै गएको हो । २०७० सालमा ३७२ केजी संकलन भएको यार्सा २०७३ सालमा ३३८ किलोमा झरेको थियो । २०७४ मा यो परिमाणमा व्यापक रुपले गिरावट आएको छ ।

करिव १० वर्ष पहिलेदेखि संकलन सुरु भएको परिमाणलाई हेर्ने हो भने २०७४ मा सबैभन्दा कम अर्थात् २३७ केजीमात्र उत्पादन भएको जिल्ला वन कार्यालयका रेन्जर सुरेन्द्र कठायतले बताएका छन् । स्थानीय बासिन्दाकाअनुसार विगतका वर्षको तुलनामा यस बर्ष यार्सा झन् कम पाइएको छ ।

सुर्मा गाउँपालिकाका राजेन्द्रबहादुर बोहराका अनुसार २०७४ साल जेठको पहिलो हप्तासम्म उनले १५० वटा यार्सा संकलन गरेका थिए तर यो बर्ष उक्त अवधिमा १०० पनि संकलन गर्न सकेका छैन । यो सिजनमा अहिलेसम्म जम्मा ८७ वटा यार्सा आफूले संकलन गरेको उनको भनाइ छ ।

दौलिचौरका प्रेमबहादुर बोहराले पनि विगतका वर्षको तुलनामा यस वर्ष निकै कम यार्सा पाईएको गुनासो गरे । उनले भने, ‘विगतका वर्षमा जेठको पहिलो हप्तासम्म सबै परिवार लागेर चार पाँच सय यार्साका पिस संकलन गरिसकेका हुन्थ्यौं, यस वर्ष भने सबै परिवार मिलेर पनि दुई सय र्पुयाउन सकेका छैनौ, अहिलेसम्म १८९ वटा मात्रै पाएका छौं ।’

विगतका वर्षहरुमा यार्सा गुम्बा पाईने ठाउँमा अहिले यार्सा नै नपाइएको दौलीचौरीकी बसन्ती बोहराले बताइन् । यसअघि यार्सा लगायतका जडिबुटीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका स्थानीयबासी यार्सा उत्पादन घटेसँगै रोजीरोटीका लागि विकल्पहरु खोज्न थालेका छन् ।

यार्साको उत्पादनसँगै प्रत्येक वर्ष घटिरहेको मूल्यका कारण पनि यार्सा संकलकको गाउँ भनेर चिनिने हिमाली गाउँपालिकाका बासिन्दाको जीवनशैलीमा पनि व्यापक फेरवदल आएको छ । झण्डै १० वर्षसम्म मजदुरीका लागि भारत जान पूर्ण रुपमा बन्द भएका काँडा, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला लगायत ग्रामीण बस्तीका अधिकांश बासिन्दा पहिले झैं भारततिर मजदुरीका लागि फर्किन थालेका छन् । कोही खेतीपाती र पशुपालनतिर समेत लागेका छन् भने कोही पुरानै सिपलाई गुजाराको माध्यम बनाइरहेका छन् ।

‘पहिला यार्साबाट वर्षमा ४÷५ लाख रुपैयाँ आइहाल्थ्यो, ५ जनाको परिवारलाई वर्षभरी पुग्थ्यो,’ यार्साको उत्पादन र मूल्य घटेसँगै घर बनाउने पुरानै पेशामा फर्किएका दाँतोलाका कटक जेठाराले भने, ‘अब पहिलाजस्तो यार्सा पनि पाइदैंन । पाइए पनि मूल्य भनेजस्तो पाइदैंन । त्यही भएर पुरानै पेशामा फर्किएको हुँ ।’

यार्सा संकलन क्षेत्रका धेरै जसोले खेतीपाती र पशुपालनका काम समेत छोडिसकेको बताउने काँडाका गोरख बोहराले भने, ‘पहिले भेँडा बेचिसकेकाहरु पनि अहिले फेरि भेँडा पाल्न थालेका छन् । धेरैजसो त भारततिरै जान्छन् । यार्साको मौसममा घर आउछन् ।’

यार्साको उत्पादन र मूल्य घटेसँगै अर्काे वर्ष यार्सा टिपेर निर्माण पुरा गर्ने गरी सदरमुकाममा बनाउन सुरु गरिएका घरहरु समेत २र३ वर्षदेखि अधुरै छन् । यार्सा टोलका नामले परिचित चैनपुरको प्रशासन रोडतिरका अधिकांश घरमा ठडिएका पिल्लरले अहिलेसम्म घरको रुप लिन पाएका छैनन् ।

यार्साका कारण एकाएक आकासिएको सदरमुकामको जग्गाको मुल्यमा पनि पछिल्लो समय सस्तिन थालेको स्थानीय बताउँछन् । यार्साको जथाभावी संकलन गर्नु, जंगल खन्नु, जंगलमा आगो लगाउनु जस्ता कारणले यार्साको उत्पादन घटेको हुन सक्ने जिल्ला वन कार्यलयका सहायक वन अधिकृत कर्णबहादुर खातीको बुझाइ छ । यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असरका कारणले पनि यार्सा उत्पादन कमी हुँदै गएको उनले बताए ।

यार्सा संकलनबापत स्थानीय तहले राजस्वमात्रै संकलन गरेको, संरक्षणमा चासो नदिएको सरोकारवालाको गुनासो छ । यार्सा संकलन गर्ने ठाउँमा प्लाष्टिकजन्य सामाग्री, सिसाहरु समेत बढ्दै गएका छन् । यार्सा पाइने ठाउँमा मानिसको चहल पहल बढ्दै गएका कारण पनि यार्सा उत्पादनमा कमी आएको बताइएको छ ।

यार्सा संकलन क्षेत्रका धेरै जसोले खेतीपाती र पशुपालनका काम समेत छोडिसकेको बताउने काँडाका गोरख बोहराले भने ‘पहिले भेडा बेचि सकेकाहरु पनि अहिले फेरी भेडा पाल्न थालेका छन् । धेरै जसो त भारत तिरै जान्छन् । यार्साको मौसममा घर आउछन् ।’

प्रतिकृया दिनुहोस

चार नेपाली पत्रकार महिला सगरमाथाको शिखरमा

चार नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् ।सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ

भोलिबाट कैलाली भ्रमण वर्ष सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम

कैलाली,  वैशाख २१ – भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।पर्यटकीय क्षेत्रको

पर्यटक लोभ्याउँदै भुजिकोट

जिल्लामा पछिल्लो समय ग्रामीण पर्यटनले गति लिँदै गएको छ । स्थानीय कला, संस्कृति प्रस्तुत गरी तनहुँका गाउँहरु होमस्टेको माध्यमबाट आर्थिक रुपमा समृद्ध