काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार सञ्चालन !

११ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।

भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्ययनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालन गर्न सकिने अध्ययन रिपोर्टले देखाएको हो ।प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर-रत्नपार्क-डिल्लीबजार-भन्डारखाल-चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलकार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।

गोंगबुबाट बालाजु-सोह्रखुट्टे-कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ ।यस्तै कलंकीबाट टेकु-थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ ।

लगनखेलबाट पुल्चोक-थापाथली-रत्नपार्कसम्मको रुटमा पनि केबलकार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेर जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।

फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडीपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।पोमाले ८० वटा देशमा ८ हजार केबलकार जडान गरिसकेको कम्पनी हो ।

फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरेका थिए ।प्रतिवेदन बुझ्दै मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययन गरेर उचित निर्णय लिने बताएका छन् । उनले यो प्रतिवेदनबारे लगानी बोर्डसँग पनि छलफल गर्ने बताए ।

काठमाडौंमा मुस्किल बनेको ट्राफिक व्यवस्थापनलाई हेर्दा यो सबैभन्दा वैज्ञानिक विकल्प हुने मन्त्रालयका अधिकारी पनि बताउँछन् । ऊर्जा संकट नरहेकाले वातावरणीय प्रदुषण कम गर्ने सवालमा पनि केबलकार सञ्चालन गर्नु निकै महत्वपूर्ण हुने विश्वास सरकारको छ ।

केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । यो आयोजनालाई सार्वजनिक निजी साझेदारीको मोडलमा बनाउन सकिने प्रस्ताव पञ्चकन्या र कालिका कन्स्ट्रक्सनसहित फ्रान्सेली कम्पनीले गरेका छन् ।

प्रतिकृया दिनुहोस

रेडियो मस्ती का कार्यक्रम प्रस्तोता तथा गायक कपिल कसपाल को साङीतिक आग्रह  ।

गायक कपिल कसपाल Os Nepal अवार्ड को दोस्रो सस्करण मा "सर्बोत्कृस्ट आधुनिक गायन नव प्रतीभा " मा top 5 भित्र पर्न सफल भएका छन।।बिगत केहि बर्ष देखी निरन्तर बिबिध

नवगायक नवराज खड्काको मिलन आमात्य सङगको युगल नयाँ आधुनिक सक्दिन भुल्न बोल को गित साबजनिक भीडियो सहित

  श्रीकृष्ण उपाध्याय रेडियो मस्ती : नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल आधुनिक विधामा नयाँ नयाँ गीत सार्वजनिक भइरहने

अर्घाखाँचीको नयाँ एफएमले स्थापना दिवसमा गर्यो झुल बितरण

सन्धीखर्क, जेठ । अर्घाखाँची सदरमुकाम सन्धिखर्क स्थित नयाँ एफ एमले आफ्नो स्थापना दिवसको अवसर पारेर सुस्त मनस्थितिका विरामीहरुलाइ झुल बितरण गरेको छ