सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित : असम्भव कुरा उल्लेख नभएको ओलीको जवाफ

सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएका छन् ।यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउँदा विपक्षी कांग्रेसले विरोध गर्ने औचित्य नदेखिएको बताउनु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन आज संसदमा उपस्थित भएका प्रधानमन्त्री ओलीले कार्यक्रममा असम्भव कुरा उल्लेख नभएको दावी गर्नु भयो ।
लोडसेडिङ आधारभूतरुपमा अन्त्य भएको, छिमेकी संगको सम्बन्धमा असाधारण सुधार आएको, विराटनगरबाट अस्थायी फिल्ड अफिस हटाइएको, तस्करी नियन्त्रण गर्न सरकार सफल भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले पानी जहाज, रेललगायतका महत्त्वाकांक्षी विकास योजनालाई मजाकको विषय बनाइएको भन्दै पर्खन आग्रह गर्नु भयो । प्रधानमन्त्रीले आवश्यकता र औचित्यका आधारमा सविधान संशोधन गर्न सकिने दोर्होयाउनु भएको छ ।
विपक्षी दलले सभामुख र राष्ट्रियसभा अध्यक्षको अपमान गरेको भन्ने आरोपप्रति प्रधानमन्त्रीको असन्तुष्टि थियो । कतिपय सांसदले राष्ट्रपतिमाथि नै अपमान गरेको भन्दै उहाँले सरकारले लेखेको सम्बोधन राष्ट्रपतिले प्रस्तुत गर्ने भएकाले आलोचना गर्दा राष्ट्रिपतिको नभइ सरकारको हुनु पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

प्रदेश ७ मा फौजदारी अभियोग लागेका सांसद्को पद निलम्बन हुने

प्रदेश ७ मा त्यस्ता अभियोगमा मुद्दाको किनारा नलागेसम्म पद निलम्बन हुने नियमावली पारित भएको हो । गत फागुन २६ गतेको सभाले बैठकबाट सर्वसम्मत पारित गरेको

इन्धनको मूल्य फेरि बढ्यो

काठमाडौं, जेठ १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी

छापामा आजः ४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसद् आक्रोसित

१८ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथिमिकतामा विविध विषयहरु परेका छन् । सरकारले मंगलबार सार्वजनिक गरेको