झाडापखालाकाको संक्रमण, दुई दिनमै १२०० बिरामी

जेठ १४ – शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म नियन्त्रणमा आएको छैन । बिरामी संख्या बढदै गएपछि गाउँले आतंकित छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ ।

शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए । रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उनले गरे । ‘शनिबार बिहानदेखि आइतबार राति २ बजेसम्म लगातार बिरामी आए,’ उनले भने, ‘फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो ।’ उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताए ।

 

‘घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका छन् । दूषित पानी पिउन नछाडदा संख्या बढदै गएको हो,’ उनले भने, ‘खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् । प्रत्येक घरमा बिरामी छन् ।’

 

पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् । स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश महिला र बालबालिका बिरामी छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रेफर गरिएको छ । अन्यको स्वास्थ्यचौकीमा चलाइएको आकस्मिक शिविरमा उपचार भइरहेको छ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिकृया दिनुहोस

कालीकोटमा किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालीकोट-जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन

न्युरो अस्पतालको नामको अगाडि डा देवकोटाको नाम थपिने

काठमाडौं-न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ।अस्पतालका संस्थापक

आज विश्व योग दिवस : व्यक्तिगत शान्तिका लागि योग अपरिहार्य

काठमाडाैँ। विश्व योग दिवसका अवसरमा चेतानामुलक कार्यक्रम गरि मनाईंदैछ । हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व योग दिवस मनाउने गरिन्छ ।सन् २०१४