गुण्डा र तस्करहरुको दिनगन्ती सुरुः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले समाजमा अपराधिक गतिविधि बढाउने जो सुकैलाई नछोट्ने बताउनुभएको छ । गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताउनुभएको हो ।

चन्द्रागिरि नगरपालिका २ लाई वाइफाई फ्री वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताउनुभयो ।

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिनुभयो । ‘ अब अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्।  प्रतिनिधिसभाको बिहीवारको

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई विकसित बनाउन चाहेको बताएका छन्