निर्वाचन आयोगमा नेकपाले हस्ताक्षर बुझायो

नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवाष नेम्वाङ नेतृत्वको टोलीले आज आयोग कार्यालय पुगी दल दर्ताका लागि आवश्यक केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको कागजात बुझाउनु भएको हो ।

तत्कालिन् एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात आज आयोगलाई उपलब्ध गराएको नेता नेम्वाङले जानकारी दिनु भयो ।
नेता देवप्रसाद गुरुङले दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझै बाँकी रहेको जानकारी दिनु भयो ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिट पार्टीको नाममा अन्डरलाईन समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी यस अघि नै दर्ता गरिएकाले आफूहरुले नाममा अन्डरलाईन थप्नु परेको नेता नेम्वाङले स्पष्ट पार्नु भयो ।

प्रतिकृया दिनुहोस

पदाधिकारीको संख्या बारे कांग्रेसमा सहमति, महासमितिको बन्द सत्र सुरु

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा