स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ ।

प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । रखायसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ ।

त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री रखायले राजीनामा नदिने बताएको बीबीसीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका सर्वोच्च

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी