पाल्पा दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, घाइते १० जनाको उपचार हुँदै, तानसेन नगर शोकमा

पाल्पाको रम्भा गाउँपालिका ४, होमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्य १० घाइते भएका छन् ।
पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ ख ९७५ नं. वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु हुनुका साथै १० घाईते भएका छन ।

दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य सहित तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन ३ का छत्रमान शाक्य,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा,तानसेन ६ का दुर्गाबहादुर सारु,तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय ,तानसेन ३ का बसन्ती खाण,तानसेन ६ का गिता बुढाथोकी ,तानसेन ३ कमला कार्की रहेका छन ।

एक जना मृतक महिलाको नाम खुल्न सकेको छैन । मृतक मध्य कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउदै गर्दा अमृत्यु भएको हो अरु सवैको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्यको,सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ ।

घाईते मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ । मिसन अस्पतालले घाईते मुना सारु र ओम मलेगोलाई लुम्विनी मेडिकल कलेज रेफरल गरेको छ भने वस चालक अर्जुन थापालाई काठमाडौ लैजाने तयारी भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले बताउनुभयो ।
एउटै सहकारीमा कार्यरत १३ जनाको ज्यान गएपछि पाल्पा लगाएत तानसेन अहिले शोकमा डुबेको छ । मृत्यु हुनेमा सबै पाल्पा तानसेनकै रहेका छन् ।

प्रतिकृया दिनुहोस

नवरात्रको छैठौं दिन : हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनीको पूजा

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं

डीभी आवेदन असोज १७ गते खुल्ने, नियममा हेरफेर

काठमाडौं । सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी

यसपालि टीकाको साइत ९ः५१ मा

काठमाडौँ, असोज ८ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ ।  असोज २४ गते नवरात्र मेला सुरु भई सोही दिन बिहान ७ः१५ बजे