आमालाई दुर्व्यबहार गरेको भन्दै १७ वर्षे किशोरले लिए एक युवकको ज्यान

१८ जेठ, काभ्रे । आफ्नो आमालाई पटकपटक दुर्व्यबहार गरेको भन्दै १७ वर्षे किशोरले एकजना युवकको हत्या गरेका छन् ।

बनेपा- ११ धनेश्वरमा गत मंगलबार ३५ वर्षे युवालाई हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती किशोरले आमालाई यौन दुव्र्यबहार गरेको सहन नसकी हत्या गरेको बताएका छन् ।शुक्रबार इलाका प्रहरी कार्यालय बनेपामा प्रहरीले गरेको पत्रकार सम्मेलनमा मुख्य अभियुक्त सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ४ महिना अगाडि बुवाको निधनपछि ईश्वर थापाले पटकपटक दुव्र्यवहार प्रयास गरेपछि झगडा सुरु भएको बताएका छन् ।

अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए । अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।

फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । घटनाका मुख्य अभियुक्त भनिएका बसन्त खड्का हाल कक्षा ११ मा अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा चोरी बढेको बढ्यै : प्रहरी माथि प्रश्न खडा

भक्तपुर । भक्तपुरमा पछिल्लो समय चोरीको घटना बृद्धि भएसँगै सामाजिक सुरक्षामा प्रश्न उठ्न थालेको छ । चोरी नियन्त्रणका लागि भक्तपुर प्रहरीले बिभिन्न

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि

तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा