इन्धनको मूल्य फेरि बढ्यो

काठमाडौं, जेठ १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो।

त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ।

भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ। खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन। शनिबार भएको मूल्यवृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको गोइतले जानकारी दिए।

निगमले यो घाटा पूर्ति गर्न आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाउँदा अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलर बढाएको गोइतले जानकारी दिए। आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा समायोजन गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

प्रदेश ७ मा फौजदारी अभियोग लागेका सांसद्को पद निलम्बन हुने

प्रदेश ७ मा त्यस्ता अभियोगमा मुद्दाको किनारा नलागेसम्म पद निलम्बन हुने नियमावली पारित भएको हो । गत फागुन २६ गतेको सभाले बैठकबाट सर्वसम्मत पारित गरेको

छापामा आजः ४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसद् आक्रोसित

१८ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथिमिकतामा विविध विषयहरु परेका छन् । सरकारले मंगलबार सार्वजनिक गरेको

विप्लव र राउत समूह सेनाको निगरानीमा

काठमाडौँ — नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतीका