विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

२० जेठ, काठमाडौं । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो ।खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।

जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।

प्रतिकृया दिनुहोस

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी