तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

काठमाडौं– तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। 

आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्। 

हाम्रा महोत्तरी सम्वाददाता महेश कुमार दासका अनुसार रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु भएको छ। उनलाई गौशाला प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनीसँगै खेत रोप्न गएका ६० वर्षीया सुन्दरदेवी सदा र ३० वर्षीया किसुनदेवी सदाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ।  

दासका अनुसार खेतमा धान रोप्न एकै परिवारका ५ महिला पुगेका थिए। गर्मीले ३ जना विरामी भएपछि बाँकी २ महिलाले उनीहरुलाई अस्पताल पुर्याएका थिए। दुई महिलाको अवस्था भने सामान्य छ। आइतबार महोत्तरीमा तापक्रम ४२ डिग्रीभन्दा माथि रहेको छ। 

सिरहामा ५ विद्यार्थी बेहोस

यता सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी बेहोस भएका छन्। कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन्। अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ। 

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ। अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ। 

प्रतिकृया दिनुहोस

नवरात्रको छैठौं दिन : हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनीको पूजा

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं

डीभी आवेदन असोज १७ गते खुल्ने, नियममा हेरफेर

काठमाडौं । सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी

यसपालि टीकाको साइत ९ः५१ मा

काठमाडौँ, असोज ८ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ ।  असोज २४ गते नवरात्र मेला सुरु भई सोही दिन बिहान ७ः१५ बजे