प्रतिपक्षीको विरोधपछि प्रदेशसभा बैठक स्थगन

११ असार, धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षीको विरोधका कारण स्थगन गरिएको छ ।बैठकको कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरुले प्रदेश सरकारले आव २०७५÷०७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै आआफ्नो स्थानबाट उठेर विरोध गरे ।आआफ्नो स्थानबाट उठेर केही नबोलेर विरोध गरिएपछि प्रतिपक्षीलाई सभामुख अर्जुनबहादुर थापाले आफ्नो भनाइ राख्न अनुमति दिए ।

काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले आगामी आवका लागि ल्याइएको बजेटको योजना छनोट र प्रथामिकीकरणलगायतका प्रक्रिया गलत रहेको, वितरणमुखी र डल्लो बजेट ल्याइएकाले यसबाट जनताले गरेका अपेक्षा पूरा नहुने भन्दै सच्याउन दिइएको सल्लाह नमानिएकाले विरोध गर्नु परेको बताए ।

डा रावलले बजेट ल्याउँदा भएको त्रुटि नसच्याइएसम्म विरोध जारी रहने बताए ।डा रावलले आफ्नो भनाइ राखिसकेपछि सभामुखले आआफ्नो स्थानमा बस्न गर्नु भएको आग्रह पनि प्रतिपक्षी सदस्यले नमानेपछि आजको बैठकको कामकारबाही स्थगन गरिएको हो ।

प्रदेशसभाको अर्को बैठक यही असार १२ गते अपराह्न ४ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त

सन् २०३० सम्म गरिबी हटाउने प्रतिबद्धता

काठमाडौं - सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका