बाजुरामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित दुईजनाको मृत्यु, ५ घाइते

असार १३ । त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ।घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।

बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।

घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मृत्यु भएका नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगेको छ।

चिप्लो र उकालो सडक भएकोले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ। घटना स्थलमा त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारसहितको टोली पनि रहेको छ।

प्रतिकृया दिनुहोस

साउन महिनायता चितवनमा ७ गैँडाको मृत्यु

चितवन : प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार

साझाद्वारा आज बिजुली बसको परीक्षण

काठमाडौँ : साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन

नवरात्रको छैठौं दिन : हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनीको पूजा

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं