विप्लवका कार्यकर्ताले दले साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो

डीबी विष्ट बझाङ, असार १३ । बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई कालोमोसो दलिएको छ । गाउँसभा गर्नका लागि गाउँपालिका तर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने ठाउँमा उनि माथि कालोमोसो दल्ने काम भएको प्रहरीले जनाएको छ ।जोशी यसअघि साइपाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । नेकपा (विप्लव) निकट व्यक्तीहरुले जोशीलाई आफूहरुले कालोमोसो दलेको भनेर सामाजिक संजाल मार्फत जिम्मेवारी लिएका छन् ।उनीहरुले जोशीले अनुदानको चामल महंगोमा विक्री गरेको आरोप लगाएका छन् । साइपाल गाउँपालिकाको लागि नेपाल सरकारले अनुदान कोटामा दिएको २ हजार क्विन्टल चामल मध्ये १ हजार ५ सय क्विन्टल चामल स्थानियलाई नदिएर यार्सा संकलकहरुलाई बढी मूल्यमा विक्री गरेको आरोप विप्लवका कार्यकर्ताहरुले लगाएका छन् । यस्तै जोशीले कार्यालय व्यवस्थापनको लागि भएको खर्चमा पनि अनियमितता गरेको र सुधारका लागि सचेत गराउँदा पनि नमानेकोले कालोमोसो दलेर कारवाही गरिएको नेकपा (विप्लव)ले गठन गरेको जिल्ला जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जानकारी दिएका छन् ।

यता नायब सुब्बा राधाकृण्ण जोशीले विप्लवका कार्यकर्ताहरुले आफूलाई ५ लाख रुपमा चन्दा दिनु पर्छ भन्ने दवाव दिएको र चन्दा नदिए पछि कालोमोसो लगाएर दुव्र्यवहार गरेको बताएका छन् । ‘हाम्रो पार्टीलाई पाँचलाख सहयोग गर्नु पर्छ भनेर अस्तिदेखि नै भनिरहेका थिए’ उनले भने ‘मैले त्यत्रो रकम कहाँबाट दिने? म सक्दिन भनेर भने । त्यही रिसले मलाई दुव्र्यवहार गरेका हुन ।’जोशीलाई कालोमोसो विप्लवका कार्यकर्ताहरुले लगाएको र उनिहरुको पहिचान समेत भैसकेको बताउदै सरकारी कर्मचारी माथी दुव्यवहार गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

‘कालोमोसो लगाउने काममा को–को संलग्न छन् भन्ने हामीले पत्ता लगाइ सकेका छौ ।’ डिएसपी क्रृषिराम कँडेलले भने ‘सबैको खोजी कार्य भैरहेको छ । चाडै कारबाहीको दायरामा ल्याइन्छ’ केही दिन पहिले विप्लवकै कार्यकर्ताहरुले साइपाल गाउँपालिकाको कार्यालयमा रहेको साइनबोर्ड समेत तोडफोड गरेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त

सन् २०३० सम्म गरिबी हटाउने प्रतिबद्धता

काठमाडौं - सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका