एकै घरमा ११ जनाको शव, हत्या कि आत्महत्या ?

नयाँ दिल्ली-भारतको राजधानी नयाँ दिल्लीस्थित बुराडी इलाकामा एकै घरमा ११ जनाको शव भेटिएको छ । आइतबार बिहान १० जनाको झुण्डिएको अवस्थामा र एक जनाको भुईँमा लडेको अवस्थामा शव भेटिएको हो । सबै मृतक एकै परिवारका सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक मध्ये सात जना महिला, र ४ जना पुरुष रहेका छन् । उनीहरु सबैको आँखामा पट्टि बाँधिएको थियो । ललिता भाटियाको परिवार बुराडी इलाकाको सन्त नगरमा किराना पसल र दूध डेरी सञ्चालन गर्दै आएका थिए ।

आइतबार बिहान साढे सात बजेसम्म पसल नखुलेपछि छिमेकीले घरमा हेर्न जाँदा सबैलाई मृत अवस्थामा देखेका थिए । छिमेकीले नै सो घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

घटना बारे प्रहरीले छानविन सुरु गरेको छ । घटनास्थलमा सुसाईड नोट भेटिएको छैन । घरको भुँइतला र पहिलो तलाको ढोका खुला रहेको र झुण्डिएको सबै शवले जमिन छोएको कारण प्रहरीले यस घटनालाई आत्महत्या हुन नसक्ने आशंका गरेको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

हनोई – भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। अमेरिकी निर्वाचन

मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उनको भारतीय