संरक्षण अभावमा सुनको ढोका कुरुप बन्दै

भक्तपुर १८ असार । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट) मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ । मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो । गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेको छ । ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा प्वाल परेसँगै गोल्डेन गेटको सुन्दरतामा समेत कमी आउन थालेको छ ।

ढोकाको दायाँबायाँ गणेश, कुमार, तलेजुलगायतका देवीदेवताको मूर्ति रहेका छन् । मल्लकालीन गोल्डेन गेट नेपालकै नमूनाका रुपमा रहेको छ । एक सय वर्ष भन्दा बढी समय लगाएर बनाएको गोल्डेन गेट विश्व प्रसिद्ध रहेको छ ।
यो गेट मल्ल राजा जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्ल गरी चार पुस्ता लगाएर बनाएको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिएका छन् ।

दरबार स्क्वार परिसरमा रहेको गोल्डेन गेटमा रहेको मूर्ति संरक्षणको अभावमा दिन प्रतिदिन कुरुप बन्दै गइरहेको छ । धातुले निर्माण गरिएका गोल्डेन गेटका मूर्ति मात्र होइन, दरबार स्क्वायर परिसरमा रहेको यक्षेश्वर महादेव, नरसिंह, तलेजु मन्दिरभित्र रहेका ढुङ्गाका मूर्तिसमेत खिएर कुरुप बन्दै गइरहेको छ । संस्कृतिकर्मी धौभडेलकाअनुसार हाम्रो परम्पराअनुसार भगवानलाई पूजा गर्दा स्पर्श गरेर पूजा गर्ने प्रचलनले मूर्ति प्वाल परेको हो । पूजा गर्ने क्रममा जल चढाएर अबीर लगाउँदा अबीरमा भएको विभिन्न रसायनले मूर्ति खिइएको र त्यसैले प्वाल पर्न थालेको उनको भनाइ रहेको छ ।

ऐतिहासिक एवम् पुरातात्विक महत्वका कलात्मक मूर्ति तथा सम्पदा संरक्षणका सम्बन्धित निकायले तुरुन्तै ध्यान पु¥याउनुका साथै समयमै यसको जीर्णोद्धार गर्नुपर्ने उनले बताए ।
भक्तपुर नगरभित्र अवलोकनका लागि आउने पर्यटकका लागि गोल्डेन गेट आकर्षणको केन्द्र बन्दै आइरहेको अर्का संस्कृतकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । पछिल्लो समयमा मूर्तिमा प्वाल परेर कुरुप देखिएपछि पर्यटकले समेत गोल्डेन गेटको सुन्दरता हराएको प्रतिक्रिया दिन थालेको उनले बताए ।

भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकनका लागि भक्तपुर नगरप्रवेश गर्ने पर्यटकले १५ डलर शुल्क तिर्नु पर्दछ । पर्यटकको अकार्षणको केन्द्रबिन्दुको रुपमा रहेको विश्व सम्पदामा सूचीकृत गोल्डेन गेटको संरक्षणमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सम्पदा संरक्षणको जिम्मा पाएको दरबार हेरचाह तथा संरक्षण कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा केन्द्रित हुनुपरेकाले तत्काल गोल्डेन गेटको मूर्ति मर्मत गर्ने योजना नभएको जनाएको छ ।
भक्तपुर नगरपालिका सम्पदा शाखाका अनुसार पुरातत्वबाट हालसम्म उक्त गेटका बिषयमा कुनै समन्वय नभएको जनाएको छ । उता दरबार हेरचाह तथा संरक्षण कार्यालयका अनुसार गोल्डेन गेटको संरक्षणका लागि अहिले कुनै कार्यक्रम नभएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै

चार नेपाली पत्रकार महिला सगरमाथाको शिखरमा

चार नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् ।सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ

भोलिबाट कैलाली भ्रमण वर्ष सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम

कैलाली,  वैशाख २१ – भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।पर्यटकीय क्षेत्रको